बाँकेमा रगतको अभाव हट्यो

बाँके | असार २४, २०७९

बाँकेमा रगतको अभाव हट्यो

बाँके:     बाँकेमा केही समयअघि भएको रगतको अभावको समस्या अहिले हटेको छ । बाँके रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो । 

 

“हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको सङ्ख्या बढेको छ । अहिले रगत अभाव पनि टरेको छ”, जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार केन्द्रले सङ्कलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा बाँकी व्यक्तिगत स्वयंसेवकको रहेको छ ।

 

रेडक्रसको नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्र र कोहलपुर रक्तसञ्चार केन्द्रले आवश्यक पर्ने बिरामीका लागि दैनिक सरदर ८० पिन्ट रगत उपलब्ध गराउँदै आएको छ । अस्पतालमा बिरामीको चाप अत्यधिक कम भएका कारण रगतको माग पनि घटेको श्रेष्ठले बताउनुभयो ।

 

यसैगरी रगत अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयंसेवकको सङ्ख्या बढाउन बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गर्दै आएको छ । जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगत अभावमा बिरामीका आफन्त भौतारिँनुपर्ने र बिरामीको अकालमै ज्यान जाने अवस्थाको अन्त्य भएको छ ।

 

स्वयंसेवक रक्तदाताका अलावा जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेशागत सङ्घ, सङ्गठनले समय–समयमा गर्ने रक्तदानले रगतको अभाव हुन नदिन सहयोग पु¥याएको छ ।  रक्तदानका लागि महिलाको सहभागिता पुरुषको तुलनामा कम रहेकाले उनीहरुको सहभागिता बढाउने प्रयास केन्द्रले गरेको छ ।

 

रेडक्रस बाँकेका अध्यक्ष गोवद्र्धनसिंह सम्झनाका अनुसार केन्द्रद्वारा सङ्कलित रगतमध्ये सबैभन्दा बढी रगत गर्भवती, सिकलसेल र रजस्वलाका कारण रक्तअल्पता हुने महिलामा प्रयोग हुने गरेको छ ।   

मुस्ताङ:  हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...

थप पढ्नुहोस्

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्।  त्रिविबाट यस नर्ष स्ना...

थप पढ्नुहोस्

काठमाडौं:  कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

थप पढ्नुहोस्